Logo

Student Corner

वन विनाश

Written by: Kriti Nepal - 24010, Grade X

Posted on: 11 May, 2021

वन विनाश अथवा जङगल  फँडानी भनेको वनका रुखहरू धेरै मात्रामा काट्नु र अरू नयाँ रुखहरू न रोप्नु हो । यस्तो गर्नाले वनको सबै क्षेत्र अनि आकार घट्दै जान्छ । जङ्गल  फँडानी सबै मानव जाति र अरू जीवहरू सबैको लागि निकै हानिकारक छ । यसले वातावरण बिगार्दै जान्छ र प्रकृति कुरूप बन्दै जान्छ अनि सम्पूर्ण प्राणीमा नकारात्मक असर पर्दै जान्छ ।

वन विनाशका धेरै कारणहरू छ्न् जस्तै -: जनसङ्ख्या वृद्धि, गरिबी, आर्थिक लाेभ र व्यक्तिगत स्वार्थ, अज्ञानता आदि । वन विनाशले धेरै थरीका प्राकृ्तिक विपतहरू निम्त्याउने गर्छ जस्तै  -: बाढी, पहिरो, माटोको क्षयीकरण, तापमानमा अनियमितता आदि। वन विनाश गर्नु भनेको पशुपक्षीहरूकाे बासस्थानको पनि विनाश गर्नु हो । यदि ती पशुपक्षीरूलाई बस्न अनुकूल वातावरण भएन भने ती लोप हुने अवस्थामा पुग्छन् ।   भाैतिक सुख सुविधाकाे खाेजी र जनसङ्ख्या वृद्धिका कारण मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइ सर्दै जाने क्रम दिनप्रतिदिन बढ्दाे छ । यसरी बसाइसराइ हुँदा घर बनाउन रुख काटी जङगल  फँडानी गर्ने गरेका छन् । त्यति मात्र नभएर मानिसहरूले जानेर वा नजानेर वनमा आगो लगाउने, काठ , औषधी तथा जडिबुटी बेच्ने आदि गरेका छन् । यसले गर्दा जनावर, पक्षी अनि पुरै  वातावरण सन्तुलनमा नकारात्मक असर पुर्‍याएको छ । वन विनाश हुनुमा सबैभन्दा बढी हात हामी मानिस कै छ । हामीहरूले आफ्नाे व्यक्गिगत स्वार्थका कारण जङगल  फँडानी गर्दै आइरहेका छाैँ । उद्याेग कलकारखाना र घर बनाउन ठुलो क्षेत्रमा रुख काट्छौँ र रुखहरू काटिएका ठाउँमा नयाँ बिरुवा राेप्दैनाैँ । यसले गर्दा हाम्रो वातावरण पनि बिग्रिदै गएको कुरा हामीलाई थाह हुँदा हुँदै पनि कानमा तेल हाले जसरी बसेका छाैँ । 

हामीले वनजङ्गल तथा वातावरण बचाउन र वन फँडानी रोक्न रुख बिरुवा रोप्ने अभियान सुरु गर्न सक्छौं । सरकारले पनि वन विनाश जस्तो कामलाई हतोत्साहित गरी यस्तो काम गर्ने र गराउने दुवैलाई कानुनअनुसार कारवाही गर्नुपर्छ । वनजङ्गल विनाशबाट हुने दीर्घकालीन असरबारे जनचेतना जगाउने काम गर्नुपर्छ ।