Logo

Student Corner

काेराेना कहर

Written by: Anuska Yadav - 26003, Grade VIII

Posted on: 11 May, 2021

विश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाइरसले संसारका धेरै मानिसलाई घुँडा टेकायाे । कति मानिसले अकालमा ज्यान गुमाउनुपर्याे । कति मानिसलाई अनाथ बनायाे । धेरै मानिस उपचार गर्दागर्दै रित्ता हुन पुगे । 

रामकाे परिवारले पनि काेराेनाका कारण धेरै दुख पाए । उसमा आमा, बुबा लगायत घरका सम्पूर्ण सदस्यहरू काेराेना सङ्क्रमित  हुन पुगे । काेराेना लागेपछि उनीहरूलाई हेरचाह गर्ने मानिस काेही भएन । त्यसकारण उनीहरू सबै अस्पतालमा भर्ना हुन बाध्य भए । अलिअलि निकाे हुँदै गएकाे थियाे । विस्तारै उनीहरूलाई पैसाकाे अभाव हुन थाल्याे । त्यसपछि उनीहरू घर गए । घरमा पनि उनीहरूले आधारभूत स्वास्थ्य मापदण्ड पूरा गरे । अरूलाई नसराेस् भनेर पि.पि.इ, माक्स, पन्जा लगाएर घरसम्म पुगे । घरमा पनि ती सबै सामान लगाएर काम गर्न थाले । १५ दिनसम्म सुरक्षित भएर घरमा नै बसे । रामले आफ्नाे घरलाई दिनदिनै सफा गर्न थाल्याे । उसले जुन कुरा छाेए पनि साबुन पानीले हात धुन्थ्याे । त्यसरी नै रामले  काेराेनाकाे लडाई लडिरहेकाे थियाे । रामकाे साथीले पनि उसलाई धेरै मद्दत गर्याे र उनीहरू सपरिवार निकाे भए  ।

काेराेना लागे पनि रामकाे परिवारकाे हाेसियारीले गर्दा उनीहरू बाँच्न सफल भए । अहिले पनि काेराेनाकाे महामारी फेरि आएकाे छ । हामी अनावश्यक रूपमा बाहिर जानु हुँदैन । माक्स र स्यानिटाइजरकाे अनिवार्य रूपमा प्रयाेग गर्नुपर्छ । रामका साथीले आफ्नाे साथीलाई सहयाेग गरेजस्तै हामीले पनि दुख परेकाे बेलामा आफन्त र साथीलाई सहयाेग गर्नुपर्छ ।