Logo

Student Corner

वातावरण प्रदूषण र समाधान

Written by: Himani Bhattarai - 24011, Grade X

Posted on: 10 May, 2021

पृथिवीमा चारतिरै फैलिएका सजीव अथवा निर्जीव तत्त्वहरू नै वातावरण हो। वातावरणभित्र जीवजन्तु, हावापानी, जमिन आदि पर्दछ । वातावरणमा नचाहिने र हानी पु ऱ्याउने तत्त्व मिसिनु नै वातावरण प्रदूषण हो । वातावरणप्रदूषण अहिलेको समयमा एक विश्वव्यापी समस्या बन्न पुगेको छ । यस्को समाधानबारे विचार नपुऱ्याए यसले भविष्यमा प्राकृतिक र मानवीय जीवनमा ठुलो नकारात्मक असर पु ऱ्याउँछ । यसकाे  सामधानका लागि  पहल नगरिएको पनि हैन । यसकाे सामधानका लागि हरेक मुलुकले आफ्नो ठाउँबाट पहल गरिरहेका छन् । तापनि वातावरण  प्रदूषणलाई नियन्त्रणमा लिन सकिएको छैन ।

हाम्रो देश नेपालमा पनि वातावरण प्रदूषणले ठुलो असर पारेको छ । विषेश गरी सहरिया क्षेत्रमा वातावरण प्रदूषण धेरै देखिन्छ । केही समय अगि वातावरण एकदमै प्रदूषित भएकाले नेपालको विभिन्न ठाउँमा केही दिनका लागि विद्यालय र अरू विभिन्न कार्यालयहरू बन्द गरिएको थियो । वातावरण प्रदूषणका मुख्य कारण औद्योगीकरण, प्राकृतिक तत्त्वको दुरूपयोग, वनजङ्गल विनाश ,सवारी साधनहरूबाट निस्क़ने धुँवा आदि हुन् । यी सँगसँगै वातावरण प्रदूषणका अरु पनि थुप्रै कारणहरू छन् । कलखरखनाहरूबाट निस्कने ठुला ठुला आवाज़हरूले ध्वनि प्रदूषणका गर्दछ । यस समस्याको समाधानका लागि हामीले रुखबिरुवाहरू रोप्नुपर्छ । कलकारखानाहरू मानव बस्तीभन्दा टाढा बनाउनुपर्छ । हामीले हाम्रो दैनिक जीवनमा प्लास्टिकको उपयोग गर्नु हुदैन । यदि सबै सचेत भई यसकाे नियन्त्रणमा लाग्न सकियो भने यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।

अत: प्रकृति निर्माणका लागि हो विनाशका लागि हाेइन । त्यही भएर यसलाई प्रदूषित हुन नदिनु हाम्राे मुख्य कर्तव्य हाे । वातावरण प्रदूषणलाई नियन्त्रणमा ल्याउन सबै मानिसले पहल गर्नुपर्छ । यसले बेलैमा नियन्त्रणमा ल्याउन सकिएन भने भविष्यमा यसले मानव जीवनमा नकारात्मक असर पु ऱ्याउँछ ।