Logo

Student Corner

नयाँ वर्ष

Written by: Siddhartha Chaulagain - 30033, Grade IV

Posted on: 10 May, 2021

नयाँ वर्ष भन्नाले पुरानो साललाई विदा गरी नयाँ आउने साललाई स्वागत गर्ने दिन हो ।नेपालमा हरेक वर्ष वैशाख एक गतेका दिन समस्त नेपाली हरुले खुशीका साथ नयाँ वर्ष मनाउने गर्दछन्।

 नेपालमा सनातन धर्म नै मुख्य धर्म को रूपमा रहेको याे धर्ममा समयको गणना गर्न  वि स क्यालेन्डरको प्रयोग गरिँदै आएकाे छ ।

हिन्दु धर्म र  परम्परामा आधारित याे क्यालेण्डरलाई नै नेपाली क्यालेण्डर भनिन्छ ।यस दिनमा सबै जना परिवारहरु  भेट भई नयाँ वर्ष मनाउने गरिन्छ। नयाँ वर्षलाई नेपाली  समाजमा  धार्मिक तथा सास्कृतिक पर्वको रूपमा मनाइन्छ। याे दिन सार्वजनिक विदा  हुने गर्दछ। बिस्केट जात्रा, बोडे जात्रा ,आदि जस्ता पारम्पारिक पर्वहरू पनि यसै दिनमा मनाइन्छ।

 त्यस्तै गरी मानिसहरु घर जाने, पुजा गर्ने,घरघरमा पनि पुजा पाठ गर्ने, स्वादिष्ट खानाको व्यञ्जनहरु बनाएर खाने , एक  आपसमा माया प्रेम काे कुरा साथै नव बर्षको शुभकामना आदान प्रदान गर्ने गर्दछन्।