Logo

Student Corner

लोकगीत

Written by: Estella Shrestha - 24007, Grade X

Posted on: 09 May, 2021

नेपाल सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । नेपालमा विभिन्न गीतहरू गाइने र सुनिने गरिन्छ । त्यसैले यहाँ विभिन्न गीतहरू प्रचलनमा छन् । आधुनिक,  शास्त्रीय , पप गीतका साथै लोकगीत पनि धेरै लोकप्रिय छ । त्यस्ता गीतहरूलाई दोहोरी गीत पनि भनिन्छ । त्यस्ता लोकगीतहरूले समाज, धर्म, राजनीतिका साथै विभिन्न अवसरहरू र समुदायहरूलाईसमेत  प्रतिनिधित्व गर्छन् । लोकगीतका  पनि विभिन्न प्रकार छन् । जस्तै -: झ्याउरे गीत, ठाडो भाका, सोरठी, मारुनी, रोइला, रोदी  आदि प्रचलनमा छन् । यस्ता गीतहरू मनोरञ्जनका लागि सुनिन्छन् ।

वर्तमान समयमा अझ भनौँ सहरिया युवायुवतीहरूले लोकगीतलाई त्यति महत्त्व दिएको पाइँदैन । उनीहरू बढी मात्रामा विदेशी गीतहरूतिर आकर्षित हुँदै गएको पाइन्छ । लोक गीतहरू हाम्रो पहिचान र गौरव हो । त्यसैले हामी सबै नेपालीले लोकगीतको संरक्षण गर्नुपर्छ । यसले व्यक्ति र समाजमा सामाजिक सद्भाव कायम गर्न मद्दत गर्दछ । लोकगीतले प्रेम, दु:ख, हर्षका भावनाहरू व्यक्त गर्नुका  साथै हामीलाई तनाव र थकानबाट मुक्त गर्नुका साथै  मनोरञ्जन प्रदान गर्दछ । लोकगीतले समाजको संस्कृतिलाई पनि प्रतिनिधित्व गर्छ ।  लोकगीत प्राय: मानव अवस्थाबारे कथा बताउन लेखिएका र गाइएका हुन्छन् । व्यस्त जीवनशैली र मनोरञ्जको आधुनिक उपकरणमा भुलेर सामान्य व्यक्तिहरूले यसलाई त्यति  ध्यान दिएको पाइँदैन । यसले हामीलाई पुस्ता र भविष्यका अरू संस्कृतिका साथ जोड्छ। 

 सबै नेपाली लोकगीतहरू नेपाली गाउँले जनजीवनबाट जन्मिएका हुन् ।  पुरुष र महिला दुई समूहद्वारा गाइने यो गीतमा विभिन्न थरीका बाजाहरूको प्रयोग गरिन्छ । लोक गीतले  हाम्रो समाजको वास्तविकता, भीर -पाखा, पहाड , कुना -कन्दरा , गाउँ -बेशी , उकाली - ओराली आदिलाई सुसेल्ने र दु:ख  बिसाउने गर्छन् । यस्ता गीत -सङ्गीतहरू  हाम्रा  संस्कृतिक सम्पत्ति हुन् र हाम्रा गौरव हुन् । यसको संरक्षण र प्रचार प्रसार गर्नु हामी सबैको कर्तव्य हो ।