Logo

Student Corner

आँप

Written by: Shiwanshu Kuikel - 30031, Grade IV

Posted on: 09 May, 2021

मलाई मन पर्ने फलफूल आँप हाे । आँप फलफूलको राजा पनि हो । आँप गर्मी मौसममा पाइन्छ । आँप हरियाे र पाकेकाे हुन्छ । काँचो आँप हरियो र अमिलो हुन्छ । काँचो आँपबाट मानिसहरूले अचार, तितौरा, माडा आदि बनाउँछन् । पाकेको आँप पहेँलो हुन्छ । याे गुलियाे र स्वादिष्ट पनि हुन्छ । आँपमा भिटामिन पाइन्छ । आँप धेरै गुणकारी हुन्छ । दसहरी, केशर, राजपुरी, माल्दा आदि जातका आँप हुन्छन् । आँप उत्पादनमा भारत सबैभन्दा अगाडि छ । आँप भारतको राष्ट्रिय फल पनि हो ।