Logo

Student Corner

लकडाउनकाे अनुभव

Written by: Eva Adhikari - 29012, Grade V

Posted on: 06 May, 2021

हाम्राे देशमा २०७६ काे चैत ११ गतेदेखि लकडाउन सुरू भयाे । यसबेला देशका सबै स्कुल, कलेज, बजार, कार्यालयहरू र सबै यातायातका साधनहरू बन्द भए । सबै मानिसहरु घरभित्र बस्न बाध्य भए । सबै मानिसहरूका मनमा डर त्रास भरियाे । खानेकुरा र अौषधीका पसलहरु बिहान र बेलुका केही समयकाे लागि मात्र खुल्थ्याे । सरकारले घरबाहिर निस्कने मानिसहरुलाई समातेर लैजान्थ्याे । त्याे समयमा म पनि बाहिर निस्किनँ तर मेरा बाबा सधैँ अफिस जानुपर्थ्याे । मेरा बाबाले अफिस जाँदा सधैँ माक्स , फेससिल्ड, सेनिटाइजर लगाएर मात्र जानुहुन्थ्याे । अफिसबाट फर्केपछि नुहाएर लगाएकाे लुगा धाेएर मात्र घरभित्र पस्नुहुन्थ्या्े ।

मलाई पनि घरमा बस्दा दिक्क लाग्थ्याे । मैले आफ्ना साथीहरु र शिक्षकहरूलाई सम्झन्थेँ । स्कुल जाऊँ जाऊँ लाग्थ्याे । अनलाईन कक्षा सुरु भएपछि रमाइलाे लाग्न थाल्याे । केही समयका लागि विद्यालय लगाएतका सबै क्षेत्रहरु खुले । साह्रै खुसी लाग्याे तर काेराेना फेरी फैलिएका कारणले फेरि लकडाउन भयाे । यसले फेरि सबै क्षेत्रलाई असर गरिरहेकाे छ ।

धन्यवाद