Logo

Student Corner

राष्ट्रिय जनावर गाई

Written by: Raj Manandhar - 31023, Grade III

Posted on: 06 May, 2021

हाम्रो देशमा धेरै प्रकारका जनावरहरू छन् । त्यसमध्ये गाई पनि एक हाे । गाई घरपालुवा जनावर हो । गाईले दूध दिन्छ । गाईको दूधबाट दही, मोही, घिउ, पनिर, चिज आदि बनाउन सकिन्छ । दूध पौष्टिक पदार्थ हो । दूधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्‍याउँछ । गाई राष्ट्रिय जनावर हो । गाईको गोबरलाई हामीले मलको रूपमा प्रयोग गर्न सक्छौँ ।  हामी गोबरले घर पनि लिपपोत गर्छौँ । गाईका बच्चाबच्चीलाई बाछाबाछी भनिन्छ । बाच्छाे ठुलाे भएर गाेरु बन्छ । बाच्छी ठुलाे भएर गाई बन्छ । हामीले गाईलाई तिहारमा पूजा गर्छौँ । गाई गुनिलो जनावर हो । मलाई गाई धेरै मन पर्छ ।