Logo

Student Corner

लागु पदार्थ दुव्यर्सन

Written by: Muskan Singh - 24003, Grade X

Posted on: 05 May, 2021

शरीर तथा मस्तिष्कलाई नै लट्ठ बनाउने नशालु पदार्थलाई लागु पदार्थ भनिन्छ भने त्यही पदार्थको खराब लतलाई दुर्व्यसन भनिन्छ । लागु पदार्थको दुर्व्यशनले मानिसलाई कुनै पनि काम गर्न असक्षम बनाउँछ। यस्ता दुर्व्यशनमा फसेका व्यक्तिले आफ्नो स्वास्थ्य र शरीरको हेरचाह गर्न सक्दैनन्। यस्ता लागु पदार्थको लतले मानव जीवन निष्क्रिय हुन्छ ।

लागुपदार्थ दुव्यर्सनले मानसिक, शारीरिक र सामाजिक जीवनलाई प्रतिकूल अवस्थामा लैजान्छ । मानिसमा कुनै पनि काम गर्ने रुचि जाग्दैन । समाज तथा परिवारमा एक्लो महशुस गर्छ । आफूलाई परिवार तथा समाजको भार ठानेर राम्रो र नराम्रो केही छुट्याउन सक्दैन र जस्ता आपराधिक कार्य पनि गर्न पछि पर्दैन । व्यक्तिले ऊर्जाशील समय त्यतिकै खेर फाल्दछ ।  राष्ट्र निर्माणमा संलग्न हुनुपर्ने युवा नै यस्ता दुव्यर्सनको सिकार बन्नु  समाज, परिवार र राष्ट्रका लागि ज्यादै गम्भीर समस्या बन्न पुगेको छ ।

लागु पदार्थको दुव्यर्सन विश्वव्यापी समस्याको रूपमा रहेको छ । जहाँ जति मात्रामा दुव्यर्सनीहरू छन्, त्यहाँ त्यति मात्रामा अशान्तिले जरा गाडेको हुन्छ । आजका युवा भोलिका देश हाँक्ने जनशक्ति हुन् । देशलाई कता लैजाने भन्ने ताला चाँबी उनीहरूकै हातमा हुन्छ ।