Logo

Student Corner

मेराे परिचय र आगामी तिन महिनाकाे याेजना

Written by: Sambhavya Pandey - 30027, Grade IV

Posted on: 05 May, 2021

मेराे नाम सम्भाव्य पाण्डे हाे । म ९ वर्षकाे भएँ । म मैतिदेवीमा बस्छु । म सिफल स्कुलमा कक्षा ४ मा पढ्छु । मेरा बाबाकाे नाम विश्व पाण्डे हाे र आमाकाे नाम सरला कँडेल हाे । मेराे घरमा हजुरबुवा र हजुरआमा पनि हुनुहुन्छ । मलाई मन पर्ने खाना दाल ,भात  ,गुन्द्रुककाे तरकारी ,मःमः, अचार र पिज्जा हाे । मलाई फलमा सुन्तला र आँप असाध्यै मन पर्छ भने फूलमा गुलाफ र सूर्यमुखी मन पर्छ । रङ्गहरूमा कालाे ,निलाे र राताे असाध्यै मन पर्छ । 

म आगामी तिन महिनासम्म विशेष काम नपरी घरबाहिर ननिस्किने याेजना बनाएकाे छु । यदि निस्किनै परेमा मास्क लगाउनेछु । साबुनपानीले बेलाबेलामा हात धाेइरहने छु । अहिले लकडाउनले गर्दा घरमै बसेर अनलाइन कक्षा लिइरहेकाे छु । लकडाउन खुलेपछि विद्यालयमै गएर पढ्न पाइनेछ । अहिलेकाे याे काेभिडकाे महामारीकाे बेलामा भिडभाडमा हिँड्नु हुँदैन सामाजिक दूरी कायम गर्नुपर्छ र सबैजना घरमै सुरक्षित बस्नुपर्छ भन्ने मलाई राम्ररी थाहा छ त्यसैले म पनि त्यसै गर्छु अनि सबैलाई त्यसै गर्न अनुराेध पनि गर्छु ।