Logo

Student Corner

मेरो दैनिकी

Written by: Shubha Shree Malla - 31030, Grade III

Posted on: 05 May, 2021

म बिहान छ बजे उठ्छु । म मेरो बिहानको नित्य काम सकेपछि आधा घन्टा व्यायाम गर्छु । त्यसपछि म एक गिलास मनतातो पानी पिउँछु । त्यसपश्चात म एक पृष्ठ हस्तलेखन गर्छु अनि बिहानको खाजा खान्छु । बिहानको खाजा खाइसकेपछि मेरो समय तालिका अनुसार म मेरा पाठ्यपुस्तकहरू पढ्छु अनि म अनलाइन कक्षाका लागि किताब कापी तयार पारेर आफू पनि तयार भएर बस्छु । समय तालिकाअनुसार म पहिलो, दोस्रो र तेस्रो कक्षा लिन्छु । दोस्रो कक्षाको समाप्ती पछि म खाना खान्छु । अनि सबै कक्षाहरू सकिएपछि म मेरो ल्यापटपमा केही ज्ञानगुनका कुरा हेर्छु । म त्यहाँ मेरो मन पर्ने कार्टुन डाेरेमन पनि हेर्छु । त्यसपछि म गृहकार्य गर्छु । गृहकार्य सकिएपछि गुगल क्लासरुममा  गएर गृहकार्य राख्छु । त्यसपछि म दिउँसोको खाजा खान्छु र साँझमा म आमालाई घरको काम पनि सघाउँछु । म रातिको खाना खाइसकेपछि भोलिपल्टको समय तालिका अनुसार किताब  पढ्छु । नाै बजे म सुत्ने गर्छु । सुत्नुभन्दा पहिला म समय मिलाएर कथाहरू पढ्ने, चित्र बनाउने काम गर्छु । मैले पढेका कथाहरूमध्ये मलाई  घमण्डी काग, न्याउरी मारी पछुतो, भन्ने कथा धेरै मन परेका कथा हुन् ।