Logo

Student Corner

हात्ती 

Written by: Lavanya Karki - 31012, Grade III

Posted on: 04 May, 2021

हात्ती एक जङ्गली जनावर हो । हात्तीकाे शरीर ठुलाे हुन्छ । हात्तीका दुईवटा ठूला ठूला कान हुन्छन् । हात्तीका चार वटा खुट्टा हुन्छन् । हात्तीका खुट्टा मोटा मोटा हुन्छन् । हात्तीको एउटा पुच्छर हुन्छ । हात्तीले घाँस खान्छ । हात्ती शाकाहारी प्राणी हो । जङ्गली हात्ती र घरपालुवा हात्ती पनि हुन्छन् । हात्तीकाे लामाे सुँड हुन्छ । हात्तीका दाह्रा पनि हुन्छन् । हात्तीले आफ्नाे  सुँडले पानी आफ्नो शरीरमा हाल्छ । हात्तीकाे बच्चालाई छावा भनिन्छ ।  विशेष गरी हात्ती चितवनमा देख्न र चढ्न पाइन्छ ।