Logo

Student Corner

मेराे पाेखरा घुमघाम

Written by: Prasiddha Shrestha - 28008, Grade VI

Posted on: 03 May, 2021

 गत वर्ष मेरो पोखराको यात्रा मेरा बाबा आमाका साथमा पोखरा स्कूल गएको थिएँ । पाेखरा जाने दिनमा हामी बिहान ५ बजे उठेर आफ्ना सबै काम सकाएर निस्क्याैँ । हामी ७ बजे हवाइजहाज चढेर पाेखरा गयाैँ । त्यसपछि हामी पाेखराकाे विमानस्थलबाट लेकसाइड पुग्याैँ । पाेखरा काठमाडाैँभन्दा धेरै नै सफा र सुन्दर रहेछ । स्वच्छ र सफा पानी, बाटाेघाटाे, हरियाली दृश्य अत्यन्त लाेभलाग्दाे रहेछ । लेकसाइड पुग्ने बित्तिकै हाेटलतर्फ गयाैँ र झाेला मिलायाैँ । 

हामी सबैभन्दा पहिले फेवातालमा जलविहार गर्‍‍याैँ र तालबाराही मन्दिरकाे दर्शन गर्‍‍याैँ । त्यसपछि हामी खाना खानकाे लागि नजिकैकाे थकाली रेष्टुरेन्टमा गयाैँ । खाना साह्रै नै मिठाे थियाे । खाना खाएर हामी अन्तरराष्ट्रिय हिमालयन सङ्ग्रहालयमा घुम्न गयाैँ । त्यहाँ जातीय वेषभूषा सास्कृतिक बाजाहरू, अन्य सामग्रीहरूका साथै हिमाली दृश्यहरूकाे अवलाेकन गर्‍‍याैँ । पुराना प्रयाेग गर्ने सामग्रीहरूकाे पनि अवलाेकन गर्‍‍याैँ । घुम्दाघुम्दै साझ पर्‍‍याे । त्यसपछि हामी हाेटलमा फर्क्याैँ र खाना खाएर आराम गर्‍‍याैँ । भाेलिपल्ट हामी सेताे गुम्बा, महेन्द्र गुफा र  पामे  घुम्न गयाैँ । सराङकाेट घुम्ने याेजना थियाे तर समय मिलेन । तेस्राे दिन हामी बिहान बेगनासताल घुम्याैँ । त्यसपछि हामी छाब्दी बाराही मन्दिरमा गयाैँ । नजिकै खाेलामा हेर्दा अत्यन्त सुन्दर दृश्य देखिन्थ्याे । खाेलामा धेरै थरिका माछा र किराहरू थिए । एकछिन हामी खाेलामा खेल्याैँ र बन्दीपुरतर्फ लाग्याैँ । 

बन्दीपुरमा धेरै पुराना घरहरू थिए । रङ्गीचङ्गी फूलहरूले त्यहाँकाे दृश्य अत्यन्त मनमाेहक देखिन्थ्याे । रमाइलाे दृश्यकाे अवलाेकन गरेपछि हामी चिसाे बरफ खायाैँ र मनकामना मन्दिर दर्शन गरेर काठमाडाैँ फर्कियाैँ । फर्किने क्रममा हामीले मलेखुमा खाना खायाैँ  र रातिकाे १२ बजे काठमाडाैँकाे आफ्नै निवासका आयाैँ । त्याे घुमघाम मेरा लागि निकै ज्ञानवर्धक र स्मरणीय रह्याे ।