Logo

Student Corner

समय

Written by: Niva Shrestha - 30017, Grade IV

Posted on: 03 May, 2021

हाम्रो जीवनमा समयको ठूलो महत्त्व छ । समयलाई चिनेर हामीले काम गर्नुपर्छ । हामीले गर्नुपर्ने काम समयमै गर्नुपर्छ । गइसकेको  समय फेरि  आउँदैन । त्यही भएर आजको काम आजै गर्नुपर्छ । कुनै पनि काम पछि गर्छु भनेर राख्योँ भने पछि अरू नै काम पर्न सक्छ र हाम्राे काम कहिल्यै समयमा पूरा हुँदैन । समयलाई चिनेर हामी अगाडि बढ्नुपर्छ । समयलाई चिनेर सही तरिकाले समयको प्रयोग गर्न सकिएमा हामीले दुःख पाउँदैनाैँ ।