Logo

Student Corner

हाम्रो देश नेपाल

Written by: Sirius Sirish - 31031, Grade III

Posted on: 03 May, 2021

नेपाल हाम्रो देश हो । नेपाल सुन्दर र शान्त देश हो । हाम्रो देश नेपालमा हरियाली छ । यहाँ धेरै वन जङ्गलहरू छन् । नेपालमा धेरै खोलानाला छन् । नेपाल जलस्रोतको दोस्रो धनी देश हो । यहाँ बाह्र महिना नै खोलानालाहरू बग्छन् ।  नेपालमा भगवान बुद्धको जन्म भएको हो । भगवान बुद्ध शान्तिका प्रतीक हुनुहुन्छ । नेपालमा सर्वोच्च शिखर सगरमाथा छ । नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो ।नेपालमा धेरै राम्रा-राम्रा ठाउँहरू छन् । यी ठाउँहरूमा घुम्न विदेशी पर्यटकहरू नेपाल आउने गर्दछन् । नेपाल साँच्चै नै रमाइलो देश हाे ।