Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Samrajya Jung Basnyat - 30040, Grade IV

Posted on: 02 May, 2021

मेरो नाम साम्राज्यजङ्ग बस्नेत हो । म आठ वर्षको भएँ । म सिफलमा बस्छु । मेराे घरमा छ जनाका सदस्य छौँ । मेरो मन पर्ने खाना अण्डा हो । मलाई टि.भी हेर्न पनि मन पर्छ । मलाई पढ्न मन लाग्छ । मलाई गर्मी मौसम मन पर्छ । मेरो मन पर्ने रङ्ग निलो हो । मेरो मन पर्ने जनावर हात्ती हो । म चितवन पनि गएको छु । मैले चितवनमा गैँडा, मयूर, बदेल,  हात्ती र गोही पनि देखेकाे छु । मेरो घरमा धेरै बाँदरहरू आइरहन्छन् । म डियरवाक सिफल स्कुलमा पढ्छु ।  मेरो घर र विद्यालयसँगै छ । म भण्डारखाल जङ्गल पनि घुम्न गएको छु । मेरो मन पर्ने खेल फुटबल हो । सिफल चौरमा फुटबल खेल्न धेरै मानिसहरू आउँछन् । मैले त्यहाँ गएर फुटबल खेलेकाे हेरेको छु ।