Logo

Student Corner

काेराेना भाइरस

Written by: Himamsu Bal - 31009, Grade III

Posted on: 29 April, 2021

काेराेना भाइरसलाई  कोभिड-१९ काे नामले पनि चिनिन्छ । विश्व स्वास्थ्य संगठन डब्लु‍.एच.ओ.ले कोरोना भाइरसलाई महामारी घोषित गरेको छ । काेराेना भाइरस विश्वको धेरैजसो देशमा फैलिएको छ । यो भाइरस चिनको बुहान सहरबाट सुरू भएको थियो । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । त्यसैले हामी सावधान हुन जरुरी छ । काराेना भाइरस लागेमा उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, खानाको स्वाद नहुने जस्ता लक्षण देखिन्छ । यस्तो बेलामा विचार गरेन भने ज्यान पनि जान सक्छ । यो भाइरसबाट बच्न साबुनपानीले बेला बेलामा हात धुनुपर्छ । स्यानिटाइजर प्रयोग गर्नुपर्छ । बाहिर जाँदा माक्स लगाउनुपर्छ । अन्य व्यक्तिहरूसँग दुरी कायम गरेर बस्नुपर्छ ।