Logo

Student Corner

नयाँ नेपाल

Written by: Muskan Singh - 2023005, Grade IX

Posted on: 07 April, 2021

आजको एक्काइसौँ शताब्दीको युग विज्ञान सूचना र सञ्चारको  युग हो । विज्ञान र प्रविधिले मानिसकाे जीवनलाई चामत्कारिक बनाएको छ । आजकाे सञ्चारभित्र सबै भूमण्डल अटाएकाे छ । मानिस सिर्जनशील प्राणी भएको हुनाले सधैँ नयाँ नयाँ कुराकाे खोजी गर्ने चाहना लिएको हुन्छ र यसै क्रममा देशलाई नयाँ ढङ्गबाट विकासको बाटोमा आगाडि बढाउने काम नै नयाँ नेपाल हो । 

वि.सं.२०७२ सालमा देशमा नयाँ संविधान बनेपछि सबै जात,धर्म,लिङ्ग,भूगोल सबैको समान प्रतिनिधित्व भएको छ । राज्यलाई सङ्घ,प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरिएको छ। यसरी   सङ्घ,प्रदेश र स्थानीय तहका सरकारले आफ्ना आफ्ना काम गरेका छन्। सबैले समान अधिकार पाएका छन्। जनता आफ्ना समस्या लिएर जिल्ला सदरमुकाम र केन्द्रीय राजधानी धाउनुपर्ने  चलनको अन्त्य भएको छ । सबै लिङ्गलाई समानरूपले हेर्न थालेपछि तेस्रो लिङ्गीगीहरू पनि खुल्न थालेका छन् । वर्षौंदेखिका जनजातिका समस्या, तराईका समस्या, थारू मुस्लिमका समस्या समाधान हुँदै छन् । नेपाललाई हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र बनाइएको छ।  धर्मका नाममा अङ्कुश लगाउने काम गरिएको छैन। यसर्थ सबै धर्मलाई समानरूपमा हेरिएको छ। 

जनताद्वारा चुनिएका प्रतिनिधि नै राज्यका कार्यकारिणी पदमा छन्। अझ भनौँ राष्ट्रको सर्वोच्च पदमा पनि जनताका प्रतिनिधि नै पुगेका छन्। अब देशले छिट्टै विकासको गतिमा फड्को मार्ला। सबै राजनीतिक दलहरू मिलेर नयाँ नेपाल बनाऊन् । सबै नेपालीले खान पाएको, लाउन पाएको, शिक्षा, स्वास्थ्य र रोजगार पाएको, शान्ति सुरक्षा र अमन चैन होओस्    यही हामी सबै नेपालीको  चाहना  छ।