Logo

Student Corner

खाेलानाला

Written by: Eva Adhikari - 2028013, Grade IV

Posted on: 07 April, 2021

पानी बग्ने साना वा ठुला स्राेतलाई खाेलानाला भनिन्छ अथवा बगिरहेकाे पानीका स्राेतलाई खाेलानाला भनिन्छ । खाेलामा पानी थाेरै हुन्छ भने नदीमा पानी धेरै हुन्छ । हिमालकाे हिउँ पग्लेपछि खाेलानालाकाे रूप लिन्छ । खाेलानालाहरू बग्दै एक अर्कामा मिँसिदै समुद्रमा पुग्छन् । 

खाेलानालाकाे धेरै महत्त्व रहेकाे छ । माछा भ्यागुता, सर्प आदिजस्ता जलप्राणीकाे वासस्थान खाेलानाला नै हाे । खाेलानालाबिना जलप्राणीकाे अस्तित्त्व हुँदैन । मानिसहरूले खाेलानालाकाे पानी पिउन, लुगा धुन, नुहाउन, खेतबारीमा लगाउन आदि काममा प्रयाेग गर्छन् । खाेलानालाकाे पानी सिँचाई गरेपछि बालीनाली सप्रिन्छन् र धेरै अन्न फल्छ । खाेलानालाकाे पानीबाट बिजुली पनि निकाल्न सकिन्छ जुन बिजुलीबिना आधुनिक जीवनकाे कल्पना पनि गर्न सकिँदैन । खाेलानालाले हामी बसेकाे धर्तीलाई सुन्दर बनाएका हुन्छन् । खाेलानालाकाे यति धेरै महत्त्व भएका कारणले यिनकाे सुरक्षा गर्नुपर्छ । खाेलानालालाई फाेहाेर हुन दिनुहुँदैन । 

हाम्राे देश नेपाल पानीमा दाेस्राे धनी देश हाे । नेपालमा साना र ठुला गरी ६००० भन्दा धेरै नदीहरू छन् । काेसी, गण्डकी र कर्णाली यहाँका ठुलाठुला नदीहरू हुन् । कर्णाली नेपालकाे सबैभन्दा लामाे नदी हाे भने काेसी नेपालकाे सबैभन्दा ठुलाे नदी हाे । नेपालका नदीहरूलाई उचित प्रयाेग गर्न सकेमा ८३००० मेघावाट बिजुली निकाल्न सकिन्छ । जसलाई बिक्री गरेमा देशकाे आर्थिक उन्नति हुन्छ । खाेलानाला सबै प्राणीकाे साझा सम्पत्ति हुन् । हामीले खाेलानालाई फाेहार नगरी उचित तरिकाले सरसफाइ र प्रयाेग गर्नुपर्छ ।