Logo

Student Corner

मेरो देश

Written by: Sushant Pokharel - 2031021, Grade I

Posted on: 07 April, 2021

हाम्रो देशको नाम नेपाल हाे । यसको राजधानी सहर काठमाडौँ हो । नेपालको राष्ट्रिय जनावर गाई हो । लालीगुराँस हाम्रो देशको राष्ट्रिय फूल हो । हाम्रो राष्ट्रिय रङ सिम्रिक  हो  । हाम्रो राष्ट्रिय चरा डाँफे हाे ।  हाम्रो राष्ट्रिय हतियार खुकुरी हाे ।  हाम्रो राष्ट्रिय पोसाक दौरा सुरुवाल र गुन्युचोली हो । हाम्रो राष्ट्रिय खाना गुन्द्रुक र ढिंडो हो । हाम्रो देशको राष्ट्रिय गान “सयाैँ थुङ्गा फूलका हामी एउटै माला नेपाली” भन्ने गीत हो । हामीले हाम्रो देशलाई माया गर्नुपर्छ । मैले मेरो देशका केही ठाउँहरू घुमेको छु । पोखरा र लुम्बिनी मलाई मन पर्ने सहर हो । पशुपतिनाथको मन्दिर र हलेसी महादेवको मन्दिर पनि मलाई मन पर्छ । हलेसी महादेवको मन्दिर मेरो गाउँमा पर्छ ।