Logo

Student Corner

डिजिटल खेल

Written by: Subhan Pradhan - 2023011, Grade IX

Posted on: 06 April, 2021

डिजिटल खेल भन्नाले हाम्रा मोबाइल, कम्प्युटर, ल्यापटप अर्थात् इलेक्ट्रोनिक ग्याजेटभित्र खेलिने खेलहरू हुन् । अहिलेका युवापुस्ताबिच डिजिटल खेलहरू निकै लोकप्रिय बन्दै गइरहेका छन् । डिजिटल खेलको मुख्य उद्देश्य भनेको हामीलाई मनाेरञ्जन प्रदान गर्नु हो । अहिलेको बढ्दो सहरिया परिवेशमा यस किसमका खेलहरू निकै खेलिन्छ। डिजिटल खेल एक्लै वा समहूमा पनि खेल्न सकिन्छ। यस्ता खेल खेल्नको लागि कुनै खेल मैदानको आवश्यकता पनि पर्दैन । यस्ता खेलहरू अनलाइन वा अफलाइन दुवै तरिकाले खेल्न सकिन्छ ।  हामीसँग इलेक्ट्रिक डिभाइस र इन्टरनेट भए यी खेलहरू  खेल्न सक्छौँ ।

हाल नेपालमा पनि खेलिने केही डिजिटल खेलहरूमा डियस एक्स, हिटम्यान: कोडनेम ४७, पेपर मारियो, मारियो टेनिस, परफेक्ट डार्क, पब्जी, सी.एस्. ,फोरनाइटर  भर्लोनेट आदि हुन्। विकिसित देशहरूमा डिजिटल खेल व्यावसायिक रूपमा नै खेलिन्छन्। हाम्रो देशमा पनि बिस्तारै यस किसिमका खेलहरू लोकप्रिय बन्दै जाँदा व्यवसायको रूप लिन सक्छ। डिजिटल खेलले मानिसमा एकाग्रता बढाउँछ। कतिपय डिजिटल खेल आक्रामक पनि हुन्छन्। कोही कोही मानिस त खेलमा भुलेर आफ्ना सम्पूर्ण गर्नुपर्ने कामसमेत बिर्सिन्छन्। धेरै बेरसम यस्ता  खेल  खेल्नाले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पनि पर्छ ।  डिजिटल खेल केही समय मनोरञ्जनका लागि खेलिए पनि धेरै यसमै भुल्नु भने हुँदैन ।