Logo

Student Corner

म विद्यार्थी

Written by: Prasiddhi Dangol - 2027017, Grade V

Posted on: 06 April, 2021

विद्या आर्जन गर्न म त विद्यालय जान्छु 

बाबा आमा गुरुजनले भनेकाे म मान्छु ।

विवेक बढ्छ ज्ञान लिए सुखी हुन्छ जीवन

पुस्तक पढ्दा सधैँ मेराे आनन्दित मन ।

 

विद्यार्थी हुँ विद्या लिने बाड्ने मेराे कर्म

जति दियाे उति बढ्ने शिक्षाकाे नै मर्म 

सबैभन्दा ठुलाे धन सान अनि मान

विद्याले नै बुद्धि बढ्छ सत्य कुरा जान ।

 

पढी लेखी नाम कमाउने काम पनि गर्ने 

सानाे ठुलाे काम हुन्न भन्दै ज्ञान छर्ने 

कर्मशील मान्छेकाे त ईश्वर हुन्छन् साथमा

काम गरे दाम अनि माम आउँछ हातमा ।

 

पुस्तकालयमा धेरै थरी पुस्तक हामी पढ्छाैँ 

आँट अनि परिश्रमले सदा अघि बढ्छाैँ 

म विद्यार्थी पढ्ने लेख्ने मेराे पहिलाे काम

शिक्षा लिन्छु विकास गर्छु भाेलिकाे म घाम ।