Logo

Student Corner

विश्वकप फुटबल

Written by: Yunil Ghimire - 2023014, Grade IX

Posted on: 05 April, 2021

विश्वकप फुटबल फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरूष फुटबल प्रतियोगिता हो । यो प्रतियोगिता हरेक ४-४ वर्षको अन्तरालमा प्रत्येक संस्करणमा फरक फरक राष्ट्रहरूमा आयोजना हुने गर्दछ । सन् १९३० बाट सुरू भएको यस प्रतियोगिता हरेक चार चार वर्षमा आयोजना गर्ने गरी निर्णय गरिए तापनि द्वितीय विश्वयुद्धका कारण सन् १९४२ र १९४६ सालमा भने आयोजना हुन सकेको थिएन । यो प्रतियोगिता सबैभन्दा धेरै पटक ब्राजिलले जितेको छ । ब्राजिले सर्वाधिक पाँच पटक फिफा विश्वकप जिती  फुटबल जगत्मा आफूलाई अब्बल तुल्याउन सफल भएको छ । यस्तै अन्तिम पटक भएको विश्वकप  भने फ्रान्सले जितेको थियो । यो फ्रान्सको दोस्रो फिफा विश्वकप  उपाधि थियो । सन् २०१८ फिफाविश्वकप को आयोजक रसिया रहेको थियो ।

यस प्रतियोगिताको वर्तमान संरचना अनुसार सुरुमा लगभग तीन वर्ष लगाएर प्रतियोगिताको फाइनल चरणका लागि विभिन्न छनोट चरणका खेल तथा प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ । बल्ल ३२ छनोट चरणहरू पार गर्ने राष्ट्रहरूका बिचमा विश्वकप  प्रतियोगिता सञ्चालन हुने गर्दछ । फाइनल चरणमा पुग्ने एउटा टिम भने आयोजकका हैसियतले सिधै छनोट चरणका नखेली फाइनल चरणमा स्थान बनाउँदछ । अहिलेसम्म विश्वकपमा २१ वटा प्रतियोगिताहरू सञ्चालन भइसकेका छन् । जसमा जम्मा ८ राष्ट्रहरूले मात्र विश्वकप  जित्न सफल भएका छन् । सर्वाधिक धेरै ५ पटक फिफा विश्वकप जित्ने राष्ट्र ब्राजिल हो। अन्य विजेताहरूमा दुई विजेता इटाली र जर्मनीले विश्वकप  चारचार पटक जितेका छन् । अनि अर्जेन्टिना, फ्रान्स तथा उरूग्वेले दुईदुई पटक विश्वकप  जितेका छन, भने इङ्ल्याण्ड तथा स्पेनले पनि यो फिफाविश्वकप  एक-एक पटक जितेको छ ।

फिफा विश्वकप  प्रतियोगिता विश्वमा सधै भन्दा प्रसिद्ध फुटबल प्रतियोगिता हो । साथै ओलिम्पिक खेलपछि सबैभन्दा धेरै दर्शकले प्रत्यक्ष तथा टिभीमा हेर्ने एवम् सबैभन्दा धेरै समर्थकहरूले पछ्याउने खेलकुद प्रतियोगिता हो । अझ २००६ को फिफा विश्वकपको फाइनल खेल मात्र २६.२९ विलियन दर्शकले खेल प्रत्यक्ष रङ्गशालामा पुगेर तथा विश्वभर ७१५.१ मिलियन दर्शकले हेरेका थिए ।