Logo

Student Corner

मलाई मन पर्ने टेलिभिजनको कार्यक्रम

Written by: Ishani Chhetri - 2031011, Grade I

Posted on: 05 April, 2021

टेलिभिजनमा विभिन्न कार्यक्रमहरू आउँछन् । मलाई मन पर्ने  कार्यक्रम बालवीर हाे । यो सिरियल टिभीमा आउँछ । यो सिरियल साेनी च्यानलमार्फत आउँछ । यसको मुख्य पात्रको नाम बालवीर हो । बालवीरसित छ जना परीहरूकाे शक्ति छ । ऊसँग पानीपरी, ज्वालापरी, मस्तपरी, बालपरी, वायुपरी र ध्वनीपरीको शक्ति छ । बालवीर भारत नगरमा बस्छन् । उनले धेरै राम्रो कपडा लगाउँछन् । बालवीर सबैको हित चाहने भलादमी व्यक्ति हुन् । बालवीर सिरियल हेर्दा मलाई निकै रमाइलो लाग्दछ ।