Logo

Student Corner

मेरो मनपर्ने खेल ब्याडमिन्टन

Written by: Estella Shrestha - 2023013, Grade IX

Posted on: 04 April, 2021

खेल हामी सबैको जीवनमा महत्त्वपूर्ण हुन्छ । हामी सबैको शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न खेलहरूले ठूलो भूमिका खेल्दछ । खेल खेल्नु भनेको शारीरिक व्यायाम गर्नु हो । क्रिकेट, फुटबल, भलिबल, बास्केटबल , ब्याडमिन्टन,खो खो, टेनिस आदि खेलहरू शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न खेलिन्छन्  ।

 मेरो मनपर्ने खेल ब्याडमिन्टन हो । यो खेलको सुरुवात बेलायतबाट भएको पाइन्छ । सन् १९३४ मा अन्तर्राष्ट्रिय ब्याडमिन्टन सङ्घको स्थापना भएपछि यो खेलको विधिवत सुरुवात भएको हो । ब्याडमिन्टन खेल खेल्दा दुई वा दुईभन्दा बढी चार जना व्यक्तिहरू मिली खेलिन्छ । यो खेल खेल्नको लागि एउटा कोर्टको आवश्यकता पर्छ । कोर्टमा  दुई बराबर भागहरू हुन्छन् र बिचभागमा एउटा नेट बाँधिएको हुन्छ । 

ब्याडमिन्टन खेल  धेरै फाइदाहरू छन्। 

-: ब्याडमिन्टन खेल्दा शरीर स्वस्थ रहन्छ।

-: यो खेल खेल्दा हाम्रो शरीर पूर्ण विकसित हुन्छ।

-: यो खेल्नाले सोच्ने र बुझ्ने हाम्रो शक्ति बढ्छ।,.l 

-: ब्याडमिन्टन खेल खेल्दा मोटोपन हट्छ ।

 -:यो खेल खेल्नाले अन्य प्रकारका रोगहरू निम्त्याउँदैन।

-: यो खेल खेल्दा हात र खुट्टाको मांसपेशीहरू बलिया हुन्छन्।

-: ब्याडमिन्टन खेलले  दिमाग शान्त रहन्छ ।

-: यो खेल खेल्दा एकाग्रता बढ्छ। यसको साथसाथै यसले अन्य कार्य गर्न र अध्ययन गर्न पनि मद्दत पुग्छ। 

ब्याडमिन्टन खेल  धेरै राम्रो खेल हो । यो खेल ओलिम्पिकमा पनि समावेश छ र  अन्तर्राष्ट्रिय स्तरमा पनि खेलिन्छ । यो खेल खेल्दा शरीरलाई ताजापन  र ऊर्जा प्रदान गर्दछ ।  त्यसैले मलाई यो खेल धेरै मनपर्छ ।