Logo

Student Corner

महिला सशक्तीकरणको भूमिका

Written by: Pranjal Khatiwada - 2022013, Grade X

Posted on: 28 March, 2021

महिला सशक्तीकरणलाई महिलाको आत्म-मूल्यवान् भावना, उनीहरूको आफ्नै छनौटहरू निर्धारण गर्ने क्षमता, र आफू र अरूका लागि सामाजिक परिवर्तनमा प्रभाव पार्ने अधिकारको प्रबर्द्धन भनेर परिभाषित गर्न सकिन्छ । महिला सशक्तीकरणण भनेको  महिलालाई समाज र देशका हरेक क्षेत्रमा सहभागी गराई महिलाहरूमा भएकाे अन्तरनिहित क्षमतालाई वृद्धि गर्नु हो । यो महिलालाई शिक्षित, दक्ष, आत्मविश्वासी र समुदायको हरेक क्षेत्रमा सक्षम बनाउने प्रक्रिया हो । महिला सशक्तीकरणणको अर्थ भनेको यसमा निर्णय प्रक्रियाको बाहिरी भागमा रहेका महिलालाई स्वीकार्नु र अनुमति दिनु हो। 

महिलाहरू पनि शिक्षा, समाज, अर्थव्यवस्था, र राजनीतिमा पुरुषसरह भाग लिन र काम गर्न सक्षम छन् । महिलाहरू समाजका हरेक गतिविधिमा सामेल हुन सक्दछन् किनकि उनीहरू आफ्नो धर्म, भाषा, काम र अन्य गतिविधिहरूको छनौटमा खुसी छन् । महिला सशक्तीकृत परिवारको प्रकारमा कला, संस्कृति, प्रजनन, चिकित्सा, शिक्षा, कानुन र राजनीतिको क्षेत्रमा निर्णय लिने स्थानमा महिलाको प्रतिनिधित्वले जीवनको गुणस्तर प्राप्त गर्न पनि मद्दत गर्दछ । जीवनको गुणस्तरले महिलाहरूलाई सशक्त बनाउँछ ता कि उनीहरू खुसी र सक्षम हुन सक्छन् ।

जब परिवारका महिला सशक्त हुन्छन् तब परिवारले सुखी जीवन पाउँछन् । किनभने महिलाले परिवारको विभिन्न पक्षलाई हेर्न सक्दछन् । महिलाहरूले पनि  धेरै राम्रा काम गर्न सक्दछन् । पारिवारिक आर्थिक  तथा सामाजिक क्षेत्रमा पनि सहयोग गर्न सक्दछन् । जब महिला शिक्षित हुन्छन् तब उनीहरूले आफ्नाे परिवारदेखि लिएर समाज र राष्ट्रका लागि पनि ठाेस याेगदान दिन सक्छन् । त्यसकारण यदि परिवारमा महिला सशक्त छ भने  परिवारको जीवनस्तरमा पनि सुधार हुनेछ।