Logo

Student Corner

असल साथी

Written by: Sanskriti Singh Thakuri - 2025015, Grade VII

Posted on: 28 March, 2021

“आज पनि हरि आएनछ । उसलाई के भयाे हाेला ? हामीलाई त विद्यालयमा पढ्न मन लाग्छ । उसलाई किन मन लागेन ? ” रामले मनमनै साेच्याे ।

राम र हरि अत्यन्त मिल्ने साथी थिए । राम असल र इमानदार थियाे । ऊअसाध्यै मिहिनेती थियाे । नियमित रूपमा विद्यालय जान्थ्याे । उसले पढाइलाई नै सबैभन्दा महत्त्वपूर्ण ठान्थ्याे तर उसकाे साथी हरि फटाहा र घमण्डी थियाे । ऊ आफ्ना अभिभावकसँग झुटाे बाेल्थ्याे । ऊ महिनामा मुस्किलले ४/५ दिनमात्र विद्यालय आउथ्याे ।

हरिकाे यस्ताे व्यवहारबाट राम अत्यन्त चिन्तित थियाे । रामले मनमनै भन्न थाल्याे, “मेराे अत्यन्त प्याराे साथी हरि, के भएकाे हाेला उसलाई ? न त ऊ विद्यालय आउँछ, न गृहकार्य नै गर्छ । यसरी उसलाई नराम्राे बाटाेमा लाग्न दिन त भएन नि । हरेक दिन विद्यालय आएर साथी र शिक्षकहरूसँग खेल्न रमाउन सिक्याे भने त बानी परिहाल्छ नि । अब शिक्षकहरूसँग सल्लाह लिनुपर्‍‍याे ।” 

अर्काे दिन राम विद्यालय आयाे र शिक्षकहरूसँग सहयाेग लियाे । सबै शिक्षकहरू रामकाे विचार र सल्लाहप्रति सहमत भए । 

रामले त्यहाँ उपस्थित सबै शिक्षकलाई सोध्याे, "हामी के गर्ने छौँ ?"

 एकजना  शिक्षकले भने, "के  हामी उसका लागि शिक्षालाई रमाइलो बनाउन सक्छाैँ ?” रामले सोधे, "कसरी ?"

राम हरिसँग नजिक भएकोले उसलाई खेलकुद मन परेको  कुरा रामलाई थाहा थियाे । उसले याे कुरा शिक्षकहरूलाई सुनायाे । 

 शिक्षकले भने, "यदि हामी गाउने, खेल्ने  र खेल र सङ्गीतबाटै सिकाउने हाे भने हरिलाई पक्कै रमाइलाे लाग्नेछ  अनि हरि आउने दिनमा यही तरिकाले सिकाएमा उसलाई विद्यालय रमाइलाे लाग्नेछ अनि  पक्कै ऊ नियमित रूपमा विद्यालय आउनेछ । " आहा! कस्ताे राम्राे तरिका " रामले जवाफ दियो। "हो, हो, हो एकदम राम्रो विचार" सबैले भने।

भोलिपल्ट रामले हरिलाई स्कुल आउन अनुरोध गर्‍याे ।  हरिले  नाइ भन्न सकेन।  ऊ विद्यालय आयाे । त्यस दिन शिक्षकहरूले खेल खेलाउने, गीत गाउनेजस्ता क्रियाकलापमा  विद्यार्थीहरूलाई सहभागी गराउनुभयाे  अनि कक्षामा पनि खेलकै माध्यमबाट सिकाउनुभयाे । आज हरि फुरुङ्ग भएर विद्यालयबाट घर फर्क्याे । याे दृश्य देख्दा उसका अभिभावक पनि खुसी भए । अर्काे दिन पनि हरि विद्यालय आयाे । रामकाे सल्लाहबमाेजिम त्यस दिन पनि मनाेरञ्जनात्मक तरिकाले सिकाइयाे । 


तेस्राे दिन पनि हरि विद्यालयमा आएकाे कारणले हरिकाे कक्षाका सबै विद्यार्थीलाई स्थलगत अवलाेकनका लागि विद्यालय नजिकैकाे प्राकृतिक विज्ञान सङ्ग्रहालयमा घुमाउन लगियाे । त्यसै अनुरूप सात दिनसम्म कक्षा चलिरह्याे । त्यसपछि त  हरिलाई त्यसरी पढ्न रमाइलो लाग्दै गयाे  ।  बिस्तारै ऊ अध्ययन गर्न मन पराउन थाल्याे ।  रामकाे एउटा प्रयासले बिग्रन लागेकाे हरि असल बन्याे । रामलाई हरिका बुबाआमा लगायत शिक्षक शिक्षिकाहरूले पनि धन्यवाद दिए । । उसले आफ्नो साथीलाई जीवनमा राम्रो व्यक्ति बन्न मदत गरेकाेमा हरिले पनि उसलाई धन्यवाद दियाे र सधैँ रामकै आचरण गर्न थाल्याे ।