Logo

Student Corner

टेबल टेनिस

Written by: Remoon Gorkhali - 2023008, Grade IX

Posted on: 25 March, 2021

टेबल टेनिस खेलको सुरुवात १९ औँ शताब्दीको अन्त्यमा इङ्ल्यान्डबाट भएकाे पाइन्छ । टेबलटेनिस खेल लाई पिङ पङ पनि भनिन्छ । सन् १९२२ पछि याे खेललाई टेबल टेनिस भन्न थालियाे । टेबल टेनिस इनडाेर खेल हाे । याे खेलमा दुई वा चार जना खेलाडीहरू हुन्छन् । टेबलटेनिस ऱ्याकेटको अगाडि र पछाडिको भागले सानो हलुका बललाई हानेर खेलिने खेल हो । सामान्यतया टेबल टेनिसको टेबलको लम्बाइ २७४ से.मी. , १५२.५ से.मी.,चौडाइ र ७६ से.मी. उचाइ हुन्छ । यो खेललाई अङ्ग्रेजहरूले प्रचलनमा ल्याएको मानिन्छ । यो खेल  सन् १८२० तिर भारतको पुनामा खेलिएको थियो । 

टेबलटेनिस खेल एउटा नेटले बिचबाट दुई भागमा छुट्याएको कडा सतह भएको टेबुलमा राखिन्छ । यस खेलको स्कोरिङ प्रणालीमा ११ अङ्क प्राप्त गर्ने खेलाडीले पहिलो सेट जित्छ। दुवै खेलाडीहरूको स्कोर कम्तीमा २ पोइन्टको फरक हुनुपर्दछ । समूह खेलमा चार एकल र एक डबल्स खेल हुन्छ ।  प्रत्येक खेल बेस्ट अफ फाइभको आधारमा खेलाइन्छ । यदि टोलीले लगातार तीन खेलहरू जित्यो भने खेल समाप्त हुन्छ । सामूहिक (जोडी) खेलमा खेलाडीहरूले एक एक गरी सर्विस गर्नुपर्दछ । टेबल टेनिसमा प्रत्येक दुई बिन्दुपछि सर्विस परिवर्तन हुन्छ । जब स्कोर १०-१० मा पुग्छ हरेक सर्विस स्कोरपछि परिवर्तन हुन्छ ।