Logo

Student Corner

चिया

Written by: Sashwat Paudel - 2022019, Grade X

Posted on: 24 March, 2021

चिया विश्वमा सर्वाधिक पिउने पेय पदार्थ हो । सन् २०२० मा चियाको विश्वव्यापी उपभोग करिब ३ बिलियन अरब किलोग्राम भएको एक अनुसन्धानले देखाएको छ । सन् २०२५ सम्ममा ४ बिलियन अर्ब किलोग्राम पुग्ने अनुमान छ । विश्वमा पानीपछि  चिया सबैभन्दा बढी पिउने पेय पदार्थ हो । चियाका पनि विभिन्न प्रकारहरू छन् ।  कालो चिया, दूध चिया, हर्वल चिया आदि । चियालाई पुरानो पेय  पदार्थ मानिन्छ। हुआ ताओको एक मेडिकल सर्वेक्षणअनुसार तेस्रो शताब्दीमा चिया पिउन प्रारम्भ भएको अनुमान छ । चिया  पुरानो पेय पदार्थ भए पनि अहिलेसम्म निकै लोकप्रिय छ । चियाले मानिसमा एक किसिमको ऊर्जा प्रदान गर्छ । चियामा रहेको कोफिनका कारण ऊर्जा प्राप्त हुन्छ । प्राय: नेपाली समाजमा बिहान उठेपछि चिया पकाउने र पिउने गरिन्छ ।


नेपालमा चिया खाजा र साँझको पेयको रूपमा सबैतिर लोकप्रिय छ। चियामा  धेरैजसो दूध, चिनी, अदुवा, अलैंची, कालो मरिच र दालचिनी जस्ता मसालाहरू हालेर पकाइन्छ । नेपालमा धेरैजसो कालो चिया र दुध चिया पिउने गरिन्छ। चिया व्यापक रूपमा घर, कार्यालय र होटेल जस्ता स्थानहरूमा पिउने गरिन्छ। चियाको सामाजिक पक्ष अर्कै छ । हाम्रो समाजमा चियाले संस्कृतिको रूप लिएको छ । घरमा आएका पाहुनालाई चियाले स्वागत गर्ने चलन छ । कतै खाजा खान निस्केका छौँ भने   पहिलो पेय चिया नै हुन्छ । कतै साथीभाइ भेट्न गएका छौँ भने पनि चिया नभइकन भेटघाट मिठो हुँदैन। 

कतिपय देशको चिया भनेको संस्कृति जस्तै हो । पूर्वी एसियाका अधिकांश देशहरूको पहिलो पेय पदार्थ चिया हो । चियाका विविध प्रकारसँगै विविध संस्कृति पनि जोडिएर आउँछन् । जापानी समाजमा हर्वल चिया परम्परागत रूपमा र विशेष पाहुनाहरूका लागि चियाले स्वागत गरिन्छ । भारत विश्वको सबैभन्दा धेरै चिया पिउने राष्ट्र हो ।