Logo

Student Corner

साथी

Written by: Smarika Silwal - 2026020, Grade VI

Posted on: 24 March, 2021

साथी भनेका हाम्रा नजिकका मित्र हुन् । साथीसँग हामीले मनका कुरा पाेख्ने गर्छाैँ । कक्षामा पढ्ने लेख्ने बेलामा केही मद्दत चाहियाे भने हामीले साथीबाटै लिन्छाैँ । साथीबाट नै हामीले राम्रा नराम्रा व्यवहार सिक्छाैँ । साथीसँग हामीले खेल्ने, गाउने, नाच्ने र रमाउने काम गर्छाैँ । साथीबिनाकाे विद्यालय हामी सबैलाई शून्य लाग्छ । विद्यालय आउँदा केही सामान छुट्याे भने साथीकै मद्दतले हामीले आफ्ना काम पूरा गर्छाैँ । खाजा छुट्याे भने साथीसँगै मिलेर खान्छाैँ । नाच्दा, हिँड्दा, ख्रल्दा सानाे चाेट लाग्याे भने साथीले नै हात समातेर कक्षामा पुर्‍याउँछन् । त्यसैले साथीले नै हामीलाई सहारा दिन्छन् । उनीहरू भनेका हाम्रा दिदीबहिनीजस्तै हुन् । साथीबिना हामी एकछिन पनि एक्लै बस्न सक्दैनाैँ । त्यसैले साथीकाे महत्त्व धेरै ठुलाे छ ।