Logo

Student Corner

मेरो देश नेपाल

Written by: Livana Karmacharya - 2029016, Grade III

Posted on: 24 March, 2021

म नेपाली हुँ । मेरो देश नेपाल हो। मलाई मेरो देश नेपालको धेरै माया लाग्छ। मेरो देश नेपाल एसिया महादेशमा रहेको सानो अनि विश्वकै एउटा अत्यन्त सुन्दर राष्ट्र हो। यहाँको हावापानी र प्राकृतिक वातावरण असाध्यै रमणीय छ। नेपालमा धेरै हिमाल, पहाड र नदीनालाहरू छन। संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि यही देश नेपालमा छ। यहाँ वन, जङ्गल, लेक, बेँसी र रमणीय हरिया फाँटहरू पनि छन्। मेरो देश नेपालमा विभिन्न रहनसहन भएका मानिसहरू बस्दछन् । मेरो देश नेपालमा विभिन्न किसिमका जनावर, चराचुरुङ्गी पाइन्छन्। यहाँ असाध्यै राम्रा फूलहरु पनि पाइन्छन् । नेपालको राष्ट्रिय फूल लालीगुराँस र राष्ट्रिय जनावर गाई हो। यहाँ धेरै गाउँहरू अनि केहि सहरहरू पनि छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि नेपालमै छ। म नेपाली हुन पाएकोमा अत्यन्त खुसी छु । मेरो देश मलाई धेरै प्यारो लाग्छ।