Logo

Student Corner

लक्ष्य

Written by: Himani Bhattarai - 2023017, Grade IX

Posted on: 22 March, 2021

पन्छी जस्तै उडिरहने 

लक्ष्य विहीन एउटा चरा

मटो भित्रै पुरिरहने

लक्ष्य  विहीन एउटा जरा,

 

संसार हेर्ने यी नयनहरूमा

सपनाहरू धेरै छन् ।

भविष्यका गोरेटाहरूमा

सफल बन्ने लक्ष्य धेरै छन् ।

 

सपनाहरू सजाएर 

लक्ष्यसम्म पुग्नुछ ।

भोलि फेरि सबैसामु

असल मान्छे बन्नुछ ।

 

सपनालाई बनाउनुछ विपना

जीवनकाे गाेरेटाेमा 

हिँड्दा हिँड्दै नथाकी

अगि बढ्ने  लक्ष्य मेराे ।