Logo

Student Corner

मैले घुमेको बजार

Written by: Paniz Shrestha - 2029021, Grade III

Posted on: 22 March, 2021

बजार घुम्ने सिलसिलामा म भृकुटी मण्डलकाे मेलामा गएकी थिएँ । त्यहाँ हामीले धेरै रमाइलो गर्याैँ । भृकुटीमण्डपमा खेल्ने ठाउँहरू पनि थिए । त्यहाँ हामीले पिङ र गाडी खेल्याैँ । हामीले रेल चढ्याैँ । हेलिकप्टर र गाडी चढ्दा मलाई धेरै रमाइलो लाग्यो । मलाई भोक लागेकोले मैले मःम र आलु फ्रइ खाएँ । मैले त्यहाँ आइसक्रिम पनि खाएँ । बगैँचा घुम्दा पनि निकै रमाइलो भयो । त्यहाँ मैले फोटो खिचेँ । बहिनी पनि घुम्न पाउँदा धेरै खुसी भई । हामी बेलुका रमाएर घर फर्कियौँ ।