Logo

Student Corner

समाजसेवा

Written by: Dhiraj Chapagain - 2022007, Grade X

Posted on: 18 March, 2021

समाजको हितका लागि नि:स्वार्थ रूपमा काम गर्नु नै समाजसेवा हो । समाजसेवा नि:स्वार्थ रूपमा काम गर्नुपर्ने भएकाले यो एकदमै स्वच्छ एवम् पवित्र कार्य हो । मानव कल्याणका लागि र सामाजिक उद्देश्य पूर्तिका लागि गरिने कामलाई  समाजसेवा भन्न सकिन्छ । 

हाम्रो देशमा समाजसेवीहरूको धेरै खाँचो छ । देशका आदिभन्दा बढी जनसङ्ख्या आर्थिक रूपमा कमजोर छन् । बालबालिकाहरूलाई पनि सानाे कक्षादेखि समस्या समाधान गर्न सिकाउनुपर्छ । समाजसेवाबारे जानकारी दिँदै समाजसेवामा लाग्न प्रेरणा दिनुपर्छ । समाजसेवामा आबद्ध हुन विद्यालयतहदेखि नै सिकाउनुपर्छ । नेपालमा समाजसेवामा समर्पित विभिन्न व्यक्ति तथा संस्थाहरू छन् । महावीर पुन (राष्ट्रिय आविष्कार केन्द्र ), अनुराधा कोइराला (माइती नेपाल), नेपाल रेडक्रस, नेपाल स्काउट तथा विभिन्न बालगृह र वृद्धाश्रम समाजसेवाका उदाहरणहरू हुन् । समाजसेवाको मूल उद्देश्य नै अरूलाई   सहयोग गर्नु हो । राष्ट्रका जनता आर्थिक अनि शारीरिक रूपमा मजबुत भए भने राष्ट्र  आफैँ   मजबुत हुन्छ । समाजसेवामा गर्दा आफूलाई आर्थिक लाभ नभए पनि आत्मसन्तुष्टि हुन्छ । मानव जीवन भनेकै अरूको भलाइका लागि जीवन समर्पण गर्न सक्नु हो ।