Logo

Student Corner

माैरी

Written by: Pratyush Lohani - 2030025, Grade II

Posted on: 18 March, 2021

माैरी किरा वर्गमा पर्दछ । यसको शरीरलाई तीन भागमा बाँड्न सकिन्छ । टाउको छाती र पेट । माैरीहरू मिहिनेती हुन्छन् । मौरीले हामीलाई मह दिन्छ । माैरी तीन प्रकारका हुन्छन् । पहिलाे रानी मौरी, यो पोथी मौरी हो । यसले अन्डा पार्छ र सम्पूर्ण माैरीलाई घारमा मिलाएर राख्छ । अर्काे भाले मौरी हाे । यसले रानी माैरीलाई फुल पार्न मद्दत गर्छ ।  त्यसैगरी अर्काे कर्मी मौरी हुन्छ । यसले टाढा टाढाबाट फूलकाे रस ल्याई चाकामा जम्मा गर्दछ । मौरीले नाचेर फूलको रस पाउने दुरी र दिशा थाहा दिन्छ ।