Logo

Student Corner

नेपालमा साइबर आक्रमण

Written by: Bikarsha Ojha - 2022005, Grade X

Posted on: 17 March, 2021

सन् २०२० को अप्रिलमा महिनामा इन्टरनेट प्रदायक संस्था ‘भायनेट' ह्याक गरियो र त्यहाँ १.७ लाखसम्म भएको डाटा बाहिरियो । सम्भवत: यो ह्याकको पहिलो समाचार हो जुन देशको व्यक्तिगत विवरण बाहिरिएको  । 

वेबसाइट ह्याक गर्ने सबैका लागि सजिलो काम होइन । प्रोटोकोलहरू र निर्माताहरूद्वारा बनाइएको सुरक्षा फायरवालहरूले ह्याकलाई गाह्रो बनाउँछ र यो इन्टरनेटको सुरुवातदेखि नै अभ्यास गरिएको छ । त्यसपछि नेटवर्क प्रोटोकलहरू नियम र नियमहरूको व्यक्तिगत सेटहरूले इन्टरनेटलाई राम्रो स्थान बनाउँदछ तर यसको मतलब यो होइन कि वेबसाइटहरूमा आक्रमणहरू गरिएको छैन ।

 पहिलो साइबर आक्रमण फ्रान्समा गरिएको थियो । ह्याकरहरूको समूहले एक प्रणालीमा सन् १८३४ मा हमला गरी निजी डेटा चोरी गर्‍यो । यसपछि विकिसित देशहरूमा पनि साइबर आक्रमण बिस्तारै बढ्दै गए । नेपालको सन्दर्भमा साइबर सुरक्षा सम्बन्धी  कुरा गर्ने हो भने अति जोखिम छ । यहाँका सरकारी र गैरसरकारी जुनसुकै संस्थामा साइबर सुरक्षा फितलो  छ । कतिपय बैङ्क तथा वित्तीय संस्थाहरूमा ह्याकरहरूले ह्याक गरी करौडौं रुपैयाँ  लुटेका उदाहरण पनि प्रशस्त छन् । केही समय अगि चिनियाँ ह्याकरहरूले नेपालमा आएर  ए.टि.एम. बुँथबाट करोडौँ रुपियाँ चोरी गरेका थिए । पछि ती ह्याकरहरू समातिए । 

नेपालको साइबर सुरक्षा नीति कति सुरक्षित र हामी कति सुरक्षित छौँ भन्ने कुरा सरकारी तथ्याङ्क चोरी भएबाट सहजै अनुमान गर्न सकिन्छ। राज्यका गोप्य सूचना बाहिरिनु हाम्रा लागि दुर्भाग्यको कुरा हो । यसरी गोप्य सूचना बाहिरिदै जाँदा वैदेशिक हस्तक्षेप पनि बढ्दै जान्छ । राष्ट्रको सुरक्षामा गम्भीर सङ्कट आउन सक्छ। यसैले यसतर्फ सरकार बेलैमा सजग हुनु जरुरी छ ।