Logo

Student Corner

पुस्तक समीक्षा : हट् घोडा हट्

Written by: Sadagi Koirala - 2030034, Grade II

Posted on: 17 March, 2021

मैले ‘हट् घाेडा हट्’ भन्ने कथा पढेँ । यस कथामा अभय नामकाे एउटा केटो थियो । अभय हिजोआज भनेको कुरा केही मान्दैनथ्यो । आमाले यो कुरा बुबालाई भन्नुभयो । बुबाले “म खेलाएर सम्झाउँछु” भन्नुभयाे । बुबाले अभयलाई “हट् घाेडा हट् खेल्ने” भनेपछि सबै कुरा मान्न थाल्यो । आमा यो देखेर चकित पर्नुभयाे । बुबाले अभयलाई हट् घाेडा हट् खेलाउँदा ऊ खुसी भयाे । अभयले खाना पनि खान थाल्याे । तेते पनि लगाउँन थाल्याे । हट् घाेडा हट् खेल्ने भनेपछि अभयले सबै कुरा मान्न थाल्छ । बुबाले अभयलाई सहरबाट खेलौना घाेडा किनेर ल्याइदिनुहुन्छ । अभय खुसी हुन्छ । आमा र अभयले खुसी भएर ताली बजाउँछन् । मलाई पनि यो कथा धेरै राम्रो लाग्यो ।