Logo

Student Corner

गल्ती कसको?

Written by: Deelisha Maharjan - 2022006, Grade X

Posted on: 16 March, 2021

तिमी एक नारी  हौ  

धेरै काम गर्ने र थोरै सोच्ने 

बस्  तिम्रो काम नै यति हो ।

 

तिमी एक बालक हौ 

ठुलाबडाहरूका सोच राख्न

तिमीलाई निषेध छ,

धेरै सोच्ने काम तिम्रो होइन

धेरै सोच्न थाल्यौ भने, 

गल्ती भयो तिमीबाट ।

 

तिमी पुरुष तिमी एक मालिक हौ,

आफ्नो काम गर्ने हो   

घरको काम तिमीले गर्ने होइन,

त्यो जिम्मा तिमीले लिएका छैनौ 

 लिन्छौ भने गल्ती भयो तिमीबाट ।

 

तिमी एक असल नागरिक हौ ,

सत्य  कुरा लुकाउने गर,

झुटको खेती फैलाउने गर, 

घुस खाने र खुवाउनेहरूलाई सहायता गर,

गरेनौ  भने गल्ती भयो  तिमीबाट ।

 

यो गल्ती कसको ?

कर्तव्य पूरा गर्दा गल्ती हुन्छ कि 

नगर्दा गल्ती हुन्छ ?

आखिर एउटा गल्ती नै पो सत्य हो कि ? 

 

यो गल्ती तिम्रो होइन,

यो गल्ती त्यसको हो 

जसले त्यस्ता सोचहरू राख्छ ।

यो गल्ती त्यसको हो ,

जसले भ्रमलाई चिर्न सक्दैन ।