Logo

Student Corner

बजार घुमघाम

Written by: Arwin Tandukar - 2029007, Grade III

Posted on: 16 March, 2021

मैले बजारमा घुमघाम गर्दा त्यहाँ धेरै खानेकुराहरु देखेँ । बजारमा दाल, चामल गेडागुडी, मसला आदि पाइने रहेछ । म बजारमा जाँदा मिठा मिठा खानेकुराहरू किन्छु । बजारमा मौसमअनुसारका तरकारी र फलफूलहरु पाइन्छन् । बजारमा घरायसी सबै सामानहरू पाइन्छन् । बजारमा मःम, समाेसा, चाउमिन, आइसक्रिम, पिज्जा आदि खानेकुरा पाइन्छन् । हामी बजारमा गएर यस्ता खानेकुराहरु खान्छौँ । बजार घुम्न धेरै रमाइलो हुन्छ । हामी बजारबाट घरमा चाहिने सामानहरू किनेर पनि ल्याउँछौँ र आफ्नो आवश्यकता पूरा गर्छौँ ।