Logo

Student Corner

तिहार

Written by: Sabhya Marasini Pradhan - 2029045, Grade III

Posted on: 15 March, 2021

तिहारलाई दीपावली पनि भनिन्छ । तिहार पाँच दिनसम्म मनाइन्छ । तिहारको पहिलो दिन  काग पूजा हुन्छ । दोस्रो दिन कुकुर पूजा हुन्छ । तेस्रो दिन गाईतिहार पर्दछ । यस दिनलाई लक्ष्मी पूजा पनि भनिन्छ । यस दिन गाईलाई पूजाआजा गरी टीका माला लगाइदिएर मिठाे खान दिइन्छ । बेलुका घर घरमा जताततै झिलिमिली बत्ती बालिन्छ र लक्ष्मीको पूजा गरिन्छ ।  तिहारको चौथो दिन गोवर्धन पूजा हुन्छ । गोवर्धन पूजाको दिन देउसी खेल्छन् । तिहारको अन्तिम दिन भाई पूजा हुन्छ । यस दिन दाजुभाइले दिदीबहिनीलाई टीका  लगाइदिने चलन छ । दिदीबहिनीहरूले पनि आफ्ना दाजुभाइलाई विभिन्न स्वादिष्ट परिकार बनाएर दिन्छन् ।