Logo

Student Corner

मदर टेरेसा

Written by: Roji Gurung - 2025013, Grade VII

Posted on: 14 March, 2021

साहित्य, खेलकुद, समाजसेवा आदिमा याेगदान दिने व्यक्तिहरू  विश्वभरि नै प्रसिद्ध छन् । विश्वभर नाम कमाउने व्यक्तिहरूमध्ये पुरुषहरूभन्दा महिलाहरूकाे सङ्ख्या कम छ । ती महिलाहरूमध्ये मदर टेरेसा पनि एक हुन् । उनी एक समाजसेवी हुन् । उनले समाजसेवाकाे क्षेत्रमा धेरै काम गरेकी छन्। उनकाे जन्म २६ अगस्ट १९१० मा युगाेस्लाभियाकाे स्काेप्जेमा भएकाे थियाे । उनकाे वास्तविक नाम अग्नेम बाेसाक्सहु थियाे । 

मदर टेरेसा एक साधारण किसान परिवारमा जन्मेकी थिइन् । उनलाई सानैदेखि दीन दुखीकाे सेवा गर्न मन लाग्थ्याे । त्यसैले अठार वर्षकाे उमेरमा नै उनी भारतकाे कलकत्ता गइन् र त्यहाँकाे एक पाठशालामा पढाउन थालिन् । उनी बाटाेमा बास बस्ने मानिसहरू देख्दा धेरै दुखी हुन्थिन् । विद्यालयका विद्यार्थीहरूले पनि उनलाई निकै मन पराउथे । उनी केही समय बिहारकाे पटनामा बसेर स्वास्थ्यसम्बन्धी तालिम लिइन् । तालिम सकिएपछि फेरि कलकत्ता गएर समाजसेवामा लागिन् । उनले धेरै महिलाहरूलाई समाजसेवामा लाग्नुपर्छ भनेर बाटाे देखाइन् । उनलाई भेट्न विभिन्न देशबाट महिलाहरू आए । ती महिलाहरूलाई पनि उनले दुखीलाई सेवा गर्ने काममा लगाइन् । उनले महिलाका लागि मेसिनरी अफ च्यारिटी भन्ने संस्था खाेलिन्  र पुरुषका लागि  मेसिनरी अफ ब्रदर्स भन्ने संस्था खाेलिन् । उनले दीन दुखीकाे सेवाका लागि निर्मल हृदय नामकाे आवासगृहकाे पनि स्थापना गरिन् । त्यसै गरी बालबालिकाका लागि शिशुभवन र कुष्ठराेगीहरूका लागि स्वास्थ्य भवनकाे निर्माण गरिन् । त्यतिमात्र हाेइन उनले पश्चिम बङ्गाल सरकारलाई कुष्ठराेगीहरूका लागि चाैतिस एकड जग्गामा एक नगरकाे स्थापना गर्नकाे लागि अनुराेध गरिन् । त्यस ठाउँमा नगर बनेपछि उनले त्यस नगरलाई शान्तिनगर भन्ने नाउँ दिइन् । 

आफ्नाे जीवनकाे सम्पूर्ण समय सेवामा नै बिताएकी मदर टेरेसालाई भारत सरकार र फिलिपिन्स सरकारले विविध पुरस्कारहरूद्वारा सम्मान गर्‍याे । उनेले पाेप जाेन शान्ति पुरस्कार, जाेसेफ क्यानेडी फाउन्डेसन अवार्ड, जवाहरलाल नेहरू पुरस्कार र प्रथम टेम्पलेसन अवार्ड आदि पुरस्कार पाई सम्मानित भइन् र सन्  १९९७ मा विश्वकै सबैभन्दा ठुलाे नाेबेल पुस्कार पनि प्राप्त गरिन् । सबैकी भगवान अर्थात साक्षात् देवीकाे रूपमा यस धर्तीमा उदाएकी मदर टेरेसा सन् १९९७ सेप्टेम्बरमा ८७ वर्षकाे उमेरमा यस धर्तीबाट अस्ताइन् । आज उनी यस धर्तीमा नरहे पनि उनले गरेका कामले गर्दा उनी अमर छिन् । उनी दयाकी खानी र मानवताकी रानी हुन् । उनकाे जीवनीबाट मावव सेवामा लाग्ने प्रेरणा पाउन सकिन्छ ।