Logo

Student Corner

यसपालिको जाडो

Written by: Aaradhya Vaidya - 2030001, Grade II

Posted on: 11 March, 2021

यसपालिको जाडोमा मैले धेरै जाडोको अनुभव गरिन् । मैले जाडो बिदामा घरमा बसेर कथाका किताबहरू पढेँ । साथीहरूसँग खेलेँ । मैले घाम तापेँ । जाडो बिदामा नै मेरो जन्मदिन परेकोले मैले जन्मदिनमा मिठाई खाएँ । केक काटेर रमाइलाे पनि गर्‍याैँ । म जाडो बिदामा मामाघर पनि गएँ । मामाघरमा एउटा सानो कुकुर छ । हामीलाई देखेपछि कुकुर हाम्रो अगाडि पछाडि आउँछ । मैले त्यस कुकुरसँग पनि खेलेँ । यसपालिको जाडो मैले घरमै बसेर, कथाका केही पुस्तकहरू पढेर, घाम तापेर र खेलेर बिताएँ ।