Logo

Student Corner

होक्से गाउँ

Written by: Yunil Ghimire - 2023014, Grade IX

Posted on: 09 March, 2021

होक्से नेपालकाे काभ्रेपलाञ्चाेक  जिल्लामा रहेकाे एउटा सानाे गाउँ हाे । याे गाउँलाई मिर्गाैला गाउँ पनि भनिन्छ । याे गाउँका मानिस थाेरै मात्र शिक्षित छन् । अशिक्षाका कारण गरिबी पनि उत्तिकै छ । गरिबी र अशिक्षाका कारण यस गाउँका मानिसहरू आफ्नो मिर्गाैला बेच्छन् र दैनिक खानपानदेखि लिएर आफ्नो गुजारा चलाउँछन् । 

 मिर्गौला तस्करहरू गाउँमा छिरेपछि उनीहरूसँग पहिले मिर्गौलाबारे भ्रम फैलाउँछन् । तस्करहरूले तीन महिनापछि पुनः मिर्गौला पलाउँछ भन्ने भ्रम छरेपछि जाे काेही व्यक्ति पनि मिर्गाैला बेच्न तयार हुन्छन् । आर्थिक लाभ पनि हुने शरीरको अङ्ग पनि पलाउने आफ्ना आवश्यकता पूरा हुने भ्रममा परेपछि मिर्गाैला बेच्न तयार हुन्छन् । जुन कुरा कानुन विपरीत हो भन्ने कुरा पनि कमै मात्रलाई थाहा हुन्छ । यसरी मिर्गौला बेच्न प्रोत्साहन गर्ने उनीहरूका आफन्त नै हुन्छन् । आफन्तले दलालमार्फत केही रकम लिन्छन् । जसले मिर्गौला बेच्छ उसले पनि सम्झौता गरेअनुसार वा सोभन्दा कम रकम पाउँछ । त्यसरी तिनीहरूले पाउने रकम अत्यन्त  न्यून हुन्छ । तस्करहरूले मिर्गाैला व्यापार छिमेकी मुलुक भारतमा गर्छन् । ती व्यक्तिहरूलाई भारतका विभिन्न अस्पतालमा लगिन्छ र मिर्गौला निकालिन्छ । यसरी मिर्गौला निकालेपछि मिर्गौलाको आवश्यकता परेका व्यक्तिलाई लाखौँ रुपियाँमा मिर्गौला तस्करहरूले बेच्छन् । 

होक्से गाउँका मानिसहरूले मिर्गौला बेच्नुको मुख्य कारण गरिबी र चेतनाको कमी हो ।  उनीहरूको सपना भनेको एउटा राम्रो घर बनाउने र परिवारलाई सहयोग गर्ने   भन्ने नै हाे ।  वि.सं. २०७२ साल वैशाख १२ गते भूकम्पपछि यस गाउँमा पनि धेरै क्षति भयो । धेरै मानिसले अकालमा ज्यान गुमाए । धेरै घरहरू भत्किए । वि.सं. २०७२ को भूकम्पपछि यस गाउँमा मिर्गौला बेच्नेको सङ्ख्या बढ्दो क्रममा रहेकाे छ ।