Logo

Student Corner

गाई

Written by: Medhansh Rana - 2030018, Grade II

Posted on: 09 March, 2021

गाई घरपालुवा जनावर हो । गाई नेपालको राष्ट्रिय जनावर हो । गाईले दूध दिन्छ । गाईको दूधबाट दही, घिउ, माेही आदि बनाउन सकिन्छ । गाईकाे दूध दहीलाई गोरस भनिन्छ । गाई  गुनिलो जनावर हो । गाईले घाँस, पराल, कुँडाे आदि खान्छ ।  गाईका बच्चाबच्चीलाई बाछाबाछी भनिन्छ । बाच्छाे ठुलाे भएर गाेरु बन्छ । बाच्छी ठुलाे भएर गाई बन्छ । गाईले गाेबर दिन्छ । गाईकाे गाेबर मल हुन्छ । यसलाई खेतबारीमा प्रयोग गरेर हामी सागसब्जी अन्न उब्जाउन सक्छौँ । नेपालमा गाईलाई तिहारमा लक्ष्मीपूजाको दिन पूजा गरिन्छ । गाई गुनिलो जनावर हो ।