Logo

Student Corner

बनाउनु छ देश

Written by: Sarjan Waiba Tamang - 2023015, Grade IX

Posted on: 08 March, 2021

बनाउनु छ हामीले हाम्रो देश ,

चिनाउनु छ हामीले हाम्रो भेश। 

अन्याय र अत्याचारीलाई खोजी खोजी ,

भ्रष्टाचारी र बलात्कारीलाई रोजी रोजी ,

सजाय दिनु छ । 

 

बुझ्न सकेको छैन मैले ,

के हो  मानवता ? कता गयो मानवता ?

दानवताले जितेपछि हराएको पो हो कि 

किन संसारै अँध्यारो देख्छु म त 

दिनदिनै बढ्दै छन् अपराध 

लुटिदै छन् नारीहरू 

कहाँ गएर बिसाऊँ म मनका भारीहरू ?

 

आखिर,

 एकदिन त सबै मरेर जानु नै छ 

कसले के लानु छ र ?

 

किन गर्छौ अपराध ?

राम्रो काम गरे दिन्छन् सबैले साथ ,

अमर हुने काम गरी राख है नाम,

बनाउनु छ हामीले हाम्रो देश 

चिनाउनु छ हामीले हाम्रो भेश ।