Logo

Student Corner

बजार घुमघाम

Written by: Ashrina Nepal - 2029009, Grade III

Posted on: 08 March, 2021

म बजार घुम्न जाँदा मैले बजारमा खानेकुराहरू बेच्न राखेको देखेँ । त्यहाँ धेरै सामानहरू थिए । बजारमा चकलेट, कपडा, खेलौना, घरायसी सामानहरू आदि बेच्न राखिएका थिए । बजारमा साइकल  पनि बेच्न राखिएका थिए । नयाँ बजार जाँदा मैले धेरै सामान किनेकी थिएँ । बजारमा खानेकुरा खेलौना लुगा किन्न पाउँदा मलाई धेरै खुसी लाग्छ । म बजारमा गएर आइसक्रिम पनि खान्छु ।बाबा मामुले मलाई बजारमा अन्य खानेकुरा पनि खुवाउनु हुन्छ । बजार घुम्न पाउँदा र आफूलाई मन परेको सामान किन्न पाउँदा मलाई धेरै रमाइलो लाग्छ ।