Logo

Student Corner

बजार

Written by: Sabhya Marasini Pradhan - 2029045, Grade III

Posted on: 04 March, 2021

म सानोमा बजार जाँदा बुबाले मलाई सामान राख्ने ट्रलीमा राखेर घुमाउनु हुन्थ्यो । म बुबाआमासँग मात्र भाटभटेनीमा जान्छु । म मेरो बाबासँग बजारहरू घुम्छु । म खाद्यान्न पसलहरू पनि गएको छु । मलाई मेरा बाबा र आमाले बजारमा धेरै सामानहरू किनिदिनुहुन्छ । मलाई मेरो बाबाले साइकल किनिदिनुभयो । मेरी आमाले मेरो भाइलाई एउटा गुडिया पनि किनिदिनु भएको थियो । हामीलाई मन पर्ने सामान बजारमा बजारमा किनिदिनुहुन्छ । बजारमा सस्ता र महङ्गा धेरै सामानहरू पाइन्छन् । महङ्गो पर्ने सामानहरू भान्साका सामानहरू हुन्छन् । सस्ता सामानहरू चकलेट, कापी, कलम आदि हुँदारहेछन् ।