Logo

Student Corner

डिजिटल खेलहरू

Written by: Rohan Upreti - 2022016, Grade X

Posted on: 03 March, 2021

डिजिटल खेल भन्नाले हाम्रा इलेक्ट्रोनिक ग्याजेटभित्र खेलिने खेलहरू हुन् । आजकाल यस प्रकारका खेलहरू निकै लोकप्रिय हुँदै गइरहेका छन् । डिजिटल खेलको अवधारणा सन् १९८० मा आएको हो । यी डिजिटल खेलको मुख्य उद्देश्य भनेको हामीलाई मनाेरञ्जन प्रदान गर्नु हो । प्रविधिकाे विकास र बिस्तारसँगै डिजिटल खेलहरू विश्वमा लाेकप्रिय हुँदै गएका छन् ।

विश्वकाे पहिलो डिजिटल खेल स्पेसवार हाे । सन् २००० पछि खेलहरूको इतिहास परिवर्तन भयो र धेरै राम्रा खेलहरू डियस एक्स, हिटम्यान: कोडनेम ४७, पेपर मारियो, मारियो टेनिस, परफेक्ट डार्क, साेगुन: टोटल वार, एसएस एक्स र टाइमस्प्लिटर्स जस्ता खेलहरूकाे आविष्कार भयाे । सन् २००० पछि डिजिटल खेलहरूको ग्राफिक्स अझ राम्रो हुन थाल्याे । सन् २००० देखि यता विभिन्न कम्पनीहरूले राम्रा राम्रा खेलहरू बनाउन सुरु गरे । जुन खेल खेलाडीहरूले अत्यधिक मनपराउन थाले । यसकाे कारण यिनीहरूकाे ग्राफिक्स राम्राे थियो । आजकल केही खेलहरू मनाेरञ्जनका  लागि खेलिन्छन् भने केही खेलहरू आर्थिक लाभका लागि पनि खेलिन्छन् ।

केही समय पहिले मानिसहरू साेच्थे कि खेलहरू भनेका समयको बर्बादी मात्र हुन् । आजकाल मानिसकाे साेचाइमा बिस्तारै परिवर्तन आएकाे छ । अहिले थुप्रै देशहरूमा डिजिटल खेलहरू खेलिन्छन् । खेल भनेकाे फुर्सदकाे समयकाे उपयाेग पनि हाे । काम नभएकाे बेला त्यतिकै बस्नुभन्दा खेल खेलेर आफूलाई व्यस्त राख्न पनि सकिन्छ ।