Logo

Student Corner

सगरमाथा

Written by: Neelhang Limbu - 2030047, Grade II

Posted on: 03 March, 2021

सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो । हाम्रो देशमा धेरै अग्ला अग्ला र राम्रा हिमालहरू छन् । नेपालको उत्तरतिर धेरै हिमालहरू छन् । सगरमाथा सोलुखुम्बु जिल्लामा पर्दछ । यो सगरमाथा अञ्चलमा नै पर्दछ । सगरमाथा ८,८४८ मिटर अग्लो छ । सगरमाथा हाम्रो देश नेपालमा भएकाले धेरै मानिसहरुले हाम्रो देश नेपाललाई चिन्दछन् । सगरमाथा चढ्न देश-विदेशका मानिसहरू आउने गर्दछन् । सगरमाथा चढ्ने मानिसलाई पर्वतारोही भनिन्छ । सगरमाथाले हाम्रो देशको इज्जत र गौरव बढाएको छ । सर्वप्रथम तेन्जिङ नाेर्गे र एडमन्ड हिलारीले सगरमाथा चढेका थिए ।