Logo

Student Corner

जीवनको लक्ष्य

Written by: Muskan Singh - 2023005, Grade IX

Posted on: 02 March, 2021

उद्देश्यविनाको जीवन निरर्थक हुन्छ । मानिसले जीवनमा कुनै न कुनै लक्ष्य लिएरै जन्मेका हुन्छन् । हरेक मानिसको लक्ष्य हुन्छ । हामीले आफूमा भएको क्षमतालाई  बुझेर आफ्नो लक्ष्य पूरा गर्नतिर लाग्नुपर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू  आउँछन् ।  हामी त्यसबाट विचलित हुनुहुँदैन । उदाहरणको रूपमा  राष्ट्र निर्माता पृथिवी नारायण  शाह, नेपोलियन बोनापार्ट, अब्राहम लिङ्कन, नेल्सन मन्डेला  आदिलाई लिन सक्छौँ । उनीहरूले आफ्नो लक्ष्य प्राप्त गर्न धेरै कठिनाइ सामना गर्नुपरेको थियो । त्यसैगरी हामीले पनि हरेस नखाई  अफ्नो लक्ष्य पूरा गर्न आजदेखि नै लाग्नुपर्छ । 

संसारमा हेरक मानिस केही न केही सिप र कला लिएर जन्मेका हुन्छन् । हामीमा पनि त्यस्तै केही न केही सिप  र कला छ । हामीले आफ्नो कला र सिपलाई चिन्न सक्नुपर्छ । हाम्रा कला वा सिप साना ठुला जुनसुकै हुन सक्छन् । जीवनमा लक्ष्य चुन्न गाह्रो हुन सक्छ तर हाम्रो सिपले हामीलाई अगाडि बढ्न धेरै मौका  दिइरहेको हुन्छ । 

बाल्यकालमा हरेक व्यक्तिले एक न एक सपना देखेका हुन्छन् । कोही चिकित्सक, इन्जिनियर,नर्स, बन्न चाहन्छन्  त कोही शिक्षक, पाइलट , पत्रकार, आर्मी, प्रहरी, समाजसेवी आदि बन्न चाहन्छन् । आफ्नो जीवनमा जे  बने  पनि त्यसमा लगाव हुनुपर्छ। अरूको लहलहैमा लागेर अथवा कसैको करकापमा परेर लक्ष्य बनाउनु हुँदैन । अरूको देखासिकी र करकापमा परेर म यो बन्छु र त्यो बन्छु भन्नु हुँदैन । यसले भविष्यमा नकारात्मक परिणाम पनि ल्याउन सक्छ । त्यसैले आफ्नो जीवनको लक्ष्य आफैँ छनोट गर्नुपर्छ ।